सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अलपत्र दुईवटा झोलुङ्गे पुल बर्दगोरिया गाउँपालिबाट निर्माण

२०८० पुष ८, ०१:३५ कमल सावद

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिका बिचको काँडा नदीमा झुलुङ्गे पुल निर्माणका लागि सङ्घीय सरकारबाट कार्यक्रम आयो।

गाउँपालिकाको वडा नम्बर ६ मा सुगरखाल–जोकाही झोलुङ्गे पुल निर्माणका लागि २०७८ वैशाख ११ गते सम्झौता भयो। ८८ लाख ९६ हजार नौ सय ८१ रुपैयाँमा ६८ लाख ४० हजार नगद र पुल निर्माणका सामाग्री झोलुङ्गे पुल कार्यक्रमबाट आउने सम्झौता भएको थियोे। बाँकी ११ लाख ५६ हजार गाउँपालिकाले बेहोर्ने सम्झौता थियो। तर, सङ्घीय सरकारले बजेट नदिएपछि गाउँपालिका आफैले भुक्तानी दिएको छ।

गाउँपालिकाको पूर्ण लगानीमा पुल निर्माणको काम पूरा भएको छ। वडा नम्बर ६ र घोडाघोडी नगरपालिका तथा वडा नम्बर ३ र ४ जोड्ने दुईवटा पुल गाउँपालिकाले आफ्नै बजेटमा निर्माण पूरा गरेको हो। बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सङ्घीय सरकारले कार्यक्रम दिए पनि भुक्तानी नदिएपछि समस्या भएको बताए। उनले भने, ‘तीन वटा झोलुङ्गे पुल छ। सङ्घले बजेट नदिएपछि हामीले आफै सुरु गरेका थियौ। पूरा पनि भयो। ६ नम्बरको झोलुङ्गे पुल हामीले पूरा गरेका हौ।

अहिले भुक्तानी दिएको छ।’ बर्दगोरिया गाउँपालिका–६ मा मात्र पुल निर्माणबाट २३७ परिवार लाभान्वित भएका छन्। उनीहरुलाई काँडा नदी पारिको घोडाघोडी नगरपालिका तथा बाख्रा, गाई बस्तुका लागि घाँस तथा दाउरा गर्न समेत सजिलो भएको छ। नदीमा झोलुङ्गे पुल निर्माणको काम पूरा भएपछि बर्सातको समय र चिसोको समयमा बढी राहत मिलेको भन्दै स्थानीय उत्साहित बनेका छन्।

स्थानीले बाखा्र जङ्गल लैजान सहज भएको स्थानीय छोटनी चौधरीले बताइन्। ‘पहिला नदीमा पुल थिएन। बाख्रा जङ्जल लैजान समस्या हुने गरेको थियो। अहिले पुल भएपछि सजिलो भएको छ।’ सङ्घीय सरकारले कार्यक्रम दिएर बजेट नदिएपछि गाउँपालिकाले वडा नम्बर ६ संगै वडा नम्बर ३ र ४ तथा वडा नम्बर २ र ३ जोड्नसमेत झोलुङ्गे पुलहरु निर्माण गर्दै छ। दुईवटा पुल निर्माणको काम पूरा भएको छ भने एउटा पुल निर्माणको काम जारी छ।

सङ्घीय सरकारको कार्यक्रम बजेट अभावका कारण अलपत्र परेका बेला गाउँपालिकाले आफ्नो बजेटबाट पुल निर्माणमा रकम खर्च गरेको हो। गाउँपालिकाका अध्यक्ष कुँवरले अर्काे पुल निर्माणको अन्तिम चरणमा रहेको बताए। उनले भने, ‘२ र ३ नम्बरको पुलको काम बाँकी छ। एक महिना भित्रमा हामीलाई दिन्छौ भनेका छन्। हुन्छ होला।’ कैलालीको बर्दगोरियामा लामो समयदेखि अलपत्र दुईवटा झोलुङ्गे पुलको निर्माण गाउँपालिकाले गरेको हो।

बर्दगोरिया गाउँपालिकामा सङ्घीय सरकारले झोलुङ्गे पुल निर्माणको योजना दिएको दिएको थियो। तर, बजेट नदिएपछि गाउँपालिका आफैले पुल निर्माण गरेको छ। बर्दगोरिया गाउँपालिका–६ र घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिकाका ३ र ४ नम्बर वडा जोड्ने झोलुङ्गे पुल गाउँपालिकाको बजेटमा निर्माण पूरा गरिएको हो। सङ्घीय सरकारले कार्यक्रम दिएपनि बजेट नदिएपछि रोकिएको काम गाउँपालिकाले पूरा गरेपछि स्थानीय उत्साहित भएका छन्। बर्दगोरिया गाउँपालिकाले पुलसँगै सडक निर्माणको कामलाईसमेत प्राथमिकता दिएको दाबी गरेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस