सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समुहका जिल्ला इञ्चार्जसहित चार जना कारागार चलान

। फोटो स्रोत ।
२०७६ वैशाख २३, ०३:५९ खबर संवाददाता

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  (विप्लव समूह) का संखुवासभा जिल्ला इञ्चार्ज देव गुरुङसहित चार जना कार्यकर्ताहरु पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत संखुवासभाले जिल्ला इञ्चार्ज गुरुङसहित सुनिता राई, सुजन विश्वकर्मा, सञ्जय तामाङ र बुद्धिमान तामाङलाई कारागार चलान गरेको जिल्ला अदालतका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए।  उनीहरुमाथि बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनामा विस्फोट गराएको, संगठित अपराध, सार्वजनिक सम्पत्तिमाथि आगजनी र अवैध हातहतियारसहितको मुद्धा दायर गरिएको छ।

प्रहरीले उनिहरुलाई संखुवासभा जिल्लाका साथै विभिन्न फरक–फरक स्थानबाट विप्लव समूहका ९ जना कार्यकर्ता पक्राउ गरेको थियो। जिल्ला इञ्चार्ज गुरुङ र सुनिता राईलाई काठमाण्डौबाट पक्राउ गरेको थियो भने अन्य कार्यकर्ताहरु विभिन्न समयमा फरक–फरक ठाउँबाट पक्राउ परेका थिए। 

यस्तै नेत्रविक्रम चन्द नेकपा (विप्लव समूह)का पोलिब्यूरो सदस्य मोहन कार्कीलाई उच्च अदालत विराटनगर पठाएको छ। उनी केहीसमय अघि ललितपुर जिल्लाबाट पक्राउ परेका थिए, भने विप्लव समूहका पाँचखपन नगरपालिका नगर इञ्चार्ज भीम राई (ज्वाला) केही समयअघि नै पुर्पक्ष कारागार चलान भईसकेका छन्। उनी नगर कमिटीका इञ्चार्ज राईले १० हजार धरौटी नबुझाएकाले कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस