सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलित महिला किशोरी तथा सिमान्तकृत समुहलाई मुलधारमा ल्याउन सरोकारवालाको जोड

२०८० पुष ६, ०८:५८ खबर संवाददाता

धनगढीः दलित महिला, किशोर किशोरी तथा सिमान्तकृत समुदायलाई राज्यको मुलधारमा ल्याउनका लागि विशेष योजना ल्याउनु पर्नेमा  सरोकारवालाले जोड दिएका छन्। शक्रवार दलित महिला संघ फेडोले धनढीमा आयोजना गरेको दलित महिला, किशोरी र सिमान्तकृत समुहको लैङ्गिक तथा सामाजिक न्याएमा पहुँच अभिवृद्धि एवं मानव अधिकारको सम्बद्ध विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिले राज्यको विशेष योजना ल्याउनु जरुरी रहेको प्रतिक्रिया दिएका हुन्। ‘सवैलाई ठाउँमा राखेर कार्यक्रम ल्याउदा सिमान्तकृति समुदायले त्यसको फाइदा लग्न सक्दैनन्,’ पिसवीनकी अध्यक्ष कमला बुढाथोकीले भनिन्, ‘सिमान्तकृत सदुदायलाई मुलधारमा ल्याउन राज्यले विशेष योजना ल्याउनु पर्दछ, त्यसका लागि तीन वटै तहका सरकार गम्भिर बन्नु आवश्यक छ।’

फेडो कैलालीका संयोजक विनोद घिमिरेले दलित महिला, किशोरी र सिमान्तकृत समुदायको लैङ्गिक तथा सामाजि न्याए र मानव अधिकारको सम्बद्धन गर्न राज्यका कानूनहरुको प्रभावकारी कार्यान्वयन र सेवा प्रदायक निकायलाई जिम्मेवारी र जवाफदेही बनाउन कार्यक्रम आयोजना गरिएको बताए। दलित महिला, किशोर, किशोरी र सिमान्तकृत समुदायको अवस्था लाई चित्रण गर्दै तयार पारिएको कार्यपत्र प्रस्तुत गर्दै संयोजक घिमिरेले भने, ‘स्वास्थ्य सेवामा पहुँच छैन, खाद्य सुरक्षा नहुँदा कुपोषणको सिकार हुनु परिरहरको छ, समाजका हानिकारक अभ्यासका कारण उनिहरु झन झन पिडित बन्न थालेका छन्, त्यसतो अवस्थामा उनिहरुलाई मुलधारमा ल्याउन विशेष कार्यक्रम ल्याउनु जरुरी छ।’

ओसिएमसीकी संयोजक भगवति बडालले हिंसामा पर्ने सम्भावना महिला र दलित भएका कारण दलित महिला बढी रहेका बताइन्। उनले ओसिएमसी गर्न सक्ने सहयोग गर्न तत्पर रहेको बताइन्। राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख हरी ज्ञावालीले संविधानले प्रत्याभुत गरेका आधारभुत अधिकार सबै नागरिकलाई प्रदान गर्नु राज्यको दायित्व भएको बताए। संघिय व्यवस्था लागु भएपनि देशमा तीन तहका सरकार बनेपनि ती सरकारले सन्तोष जनक रुपमा काम गर्न नसकेको उनले बताए। ‘सिमान्तकृत समुदायका लागि पहिलाको तुलनामा धेरै सहयोग राज्य स्तरबाट भएको देखिन्छ,’ ज्ञावालीले भने, ‘तर अपेक्षा अनुसार काम हुन सकेको छैन, यसमा मानव अधिकार आयोगले पटक–पटक आवाज उठाउँदै आएको छ।

कार्यक्रममा  प्रमुख अतिथी रहेकी धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले भने सिमान्तकृत समुदायलाई मुल धारमा ल्याउन प्रयासरत रहेको बताइन्। पहिलो चालु बजेटमानै सिमान्तकृत समुदाय लक्षित कार्यक्रम कार्यान्वयन भइरहेको बताउँदै उप प्रमुख रानाले आगामी दिनमा सिमान्तकृत समुदायलाई लक्षित गरेर थप सहयोगका कार्यक्रम ल्याउने बताइन्। दलित महिला संघ फेडोको अगुवाईमा धनगढी स्तिरिय रिफरल नेटवर्क गठन गरिएको छ। लैङ्गिक तथा सामाजिक न्यायमा पिडित दलित महिला तथा सिमान्तकृत समुहहरुलाई छिटो छरितो रुपमा एकिकृत सेवा प्रदान गर्न पालिका स्तरिय रिफरल सञ्जालको समेत गठन गरिएको फेडो कैलालीका सञ्योजक घिमिरेले बताए।
 

कमेन्ट लोड गर्नुस