सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

२०८० पुष ६, ०४:४८ खबर संवाददाता

काठमाडौँः निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ।

शीतल निवास पुगेर आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीले आयोगको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रवार पेस गरेका हुन्।

राष्ट्रपति कार्यालयका सह–सचिव कृष्णप्रसाद लम्सालले आयोगले शुक्रवार राष्ट्रपति पौडेललाई भेटेर संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन पेस गरेको बताए।
 

कमेन्ट लोड गर्नुस