टीकापुरबाट अवैध प्याजसहित एक जना पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट अवैध प्याज सहित एक जना पक्राउ परेका छन्। शुक्रवार प्रहरीले टीकापुर नगरपालिका– ४ मौरनियाँबाट ४८ बोरा अवैध प्याज बरामद गरेको छ।
सुदूरपश्चिम प्रदेश कार्यालयबाट खटिएको प्रहरी टोलीले आज (शुक्रवार) बिहान ४८ बोरा प्याज सहित श्यामल सुर्ती ६० पोका, चकलेट ३ पेटी, बिडी २२० पोका, खोर्सानी ३ बोरा, पोलिथिन ३५ पोका बरामद गरेको छ।
सामान संगै टीकापुर नगरपालिका– ४ मौरनियाँका २२ वर्षीय नेमिस चौधरी आफैले चलाएको भे २ स २३८८ नम्बरको अटोरिक्सासहित पक्राउ परेका छन्। बरामद गरिएको सामानसहित चौधरिलाई अनुसन्धानका लागि सत्ति भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
