नयाँ शक्ति र फोरमबीच एकता घोषणा हुँदै

संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच आज एकता घोषणा हुने भएको छ। सोमबार मध्यान्ह पौनै १२ बजे काठमाण्डौको राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर एकताको घोषणा गरिने दुवै दलले जनाएका छन्।
नयाँ दलमा डाक्टर बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नेछन। दुवै दलले ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति गरेका छन्।
उनिहरुले सरकारबाट तत्काल नहट्ने तर यसअघि संघीय समाजवादी फोरमले संविधान संशोधनका लागि केही दिनको समय दिने र माग पूरा नभए सरकारबाट अलग हुने सहमति समेत गरेका छन्। संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन्।



