सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विषादी भेटिएको तरकारी नष्ट

२०८० पुष ५, ०४:२७

धनगढीः कैलालीमा विषादी भेटिएको तरकारी नष्ट गरिएको छ। जिल्लाको अत्तरियामा पुस ३ गते विषादी भेटिएको तरकारी नष्ट गरिएको हो।

अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाईले उपभोग अयोग्य (रेड लेवल) को विषादी भेटिएको बन्दा बिहिवार जनप्रतिनिधिको रहोवरमा नष्ट नगरिएको छ। विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्रमुख प्रमोद ठगुन्नाले कैलालीको गेटाका किसानले उत्पादन गरेको बन्दामा ४९ दशमलव ०९२ अर्गानोफस्फोट रोकावट प्रतिशत फेला परेपछि नष्ट गरिएको बताए। उक्त बन्दामा १२ दशमलव ३५३ कार्बोमेट रोकावट प्रतिशत दर भेटिएको थियो। उक्त बन्दा साढे ३ क्युन्टेल रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाईले जनाएको छ।

इकाई प्रमुख ठगुन्नाका अनुसार ३५ प्रतिशत भन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ भने ४५ भन्दा मार्थी रोकावट दर भेटिए नष्ट गर्ने गरिएको छ।

 

कमेन्ट लोड गर्नुस