सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर कप फुटबल: वडा नम्बर १४ र वडा नम्बर १६ विजयी

२०७६ वैशाख २३, ०७:०६ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी  मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलमा वडा नम्बर १४ र वडा नम्बर १६ विजयी भएका छन्। मनकामना युवा क्लबको मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १६ विजयी भएको छ। वडा नम्बर १६ ले वडा नम्बर ९ लाई २–० ले हराएको हो। आफ्नो वडालाई जिताउन वडा नम्बर १६ कहा सुरेश चौधरी र विरेन्द्र चन्दले एक एक गोल गरे। आईतबार भएको दोस्रो खेलमा वडा नम्बर १४ विजयी भएको छ। वडा न्म्बर ३ लाई वडा नम्बर १४ ले टाईब्रेकर मार्फत पराजित गर्दै जित हात पारेको हो। निर्धारित समयसम्म दुवै टीमले एक एकको वरावरी खेलेपछि पेनाल्टी मार्फत खेलको निर्णय गरिएको थियो। पेनाल्टीमा वडा नम्बर १४ ले वडा नम्बर ३ लाई ५–३ ले किनारा लगाएको हो। यसअघि दुवै वडाले एक एकको वरावरी खेलेका थिए। वडा नम्बर १४ का सन्तोष थापाले गोल गरेका थिए भने वडा नम्बर ३ ले आत्मघाती गोल उपहार पाएको थियो। 

प्रतियोगिता अन्तर्गत सोमबार २ खेल हुनेछन्। पहिलो खेलमा वडा नम्बर ११ र वडा नम्बर १३ तथा दोस्रो खेलमा वडा नम्बर १ र वडा नम्बर १५ प्रतिस्पर्धा गर्नेछन्। नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका १९ वटै वडाका टीमहरुले सहभागीता जनाएका छन्। प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उपविजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ। वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने छ। मेयर कप आयोजना गर्नका लागि धनगढी उपमहानगरपालिकाले झण्डै ९ लाख रकम बजेट समेत विनियोजन गरेको छ। 
 

कमेन्ट लोड गर्नुस