सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

२०८० पुष ४, ०३:२७ खबर संवाददाता

धनगढीः कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ।

जिल्लाको साडेपानीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका भोजबहादुर शाहीको घटनाको छानबिनको माग गर्दै अवरुद्ध गरिएको राजमार्ग खुलेको हो। मंगलबार घोडाघोडी नगरपालिका–१ जङ्गल रिसोर्ट नजिकै सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोकका ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको थियो।

प्रहरीले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको जनाए पनि स्थानीयले भने गाडीले ठक्कर दिएर दुर्घटना भएको भन्दै छानविनको माग गरेका थिए। प्रहरीले घटनाको छानविन गर्ने सहमतिपछि राजमार्ग सुचारु भएको छ। मृतकका आफन्तले बाग्मती प्रदेश ०१०२९ च ३८८७ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

कमेन्ट लोड गर्नुस