सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पनि मनाइयो अन्तर्राष्ट्रिय आप्रवासी दिवस

२०८० पुष ३, ०७:३७ खबर संवाददाता

धनगढीः धनगढीमा पनि अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा सुरक्षित आप्रवासन (सामि) कार्यक्रमले सोमवार धनगढी उपमहानगरपालिकामा विभिन्न कार्यक्रम गरि मनाएको हो।

'आप्रवासीको योगदानको कदर र आप्रवासीको अधिकारको सम्मान' भन्ने मुल नाराका साथ धनगढी उपमहानगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन कार्यक्रमले सोमवार अन्तर्राष्ट्रिय आप्रवासी दिवश को उपलक्ष्यमा धनगढीको ठेकराज माद्यामिक बिद्यालय, घोडसुवामा कक्षा ११ र १२ का करिब ७० जना विद्यार्थीलाई सुरक्षित बैदेशिक रोजगार सम्बधि अनुशिक्षण गरेको छ।

धनगढीको वडा नम्बर–१४ फुलबारीमा अकाउन्ट्याबिलिटि ल्याब नामक युथ फोरम सङ्गको सहकार्यमा युथ माईग्रेसन सम्बन्धि अन्तर्कृया कार्यक्रम गरेको आयोजकले जनाएके छ। धनगढी उपमहानगरपालिकाकी नगर उप–प्रमुख कन्दकला कुमारी रानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

सोमवार साँझ दिवङ्गत श्रमिकको सम्झनामा दिप प्रज्वलनसमेत गरेको छ। त्यसरी नै घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा पनि दिप प्रज्वलन गरिएको छ।

कमेन्ट लोड गर्नुस