सुदूर नेपाललाई विश्वसँग जोड्दै

गिनीमा इन्धन डिपोमा आगलागी, ११ जनाको मृत्यु

२०८० पुष ३, ०६:२०

गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन्।

बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार सोमबार बिहान घटना भएको हो। उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले विदेशमन्त्री र राजदूतहरूसँगको भेटमा ११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते भएको बताए।  

घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको  छ। सत्तारुढ जुन्टाका प्रमुख कर्णेल मामाडी डौम्बोयाले ‘यस कठिन घडीमा राष्ट्रका लागि ऐक्यबद्धता र प्रार्थना’ सबै नागरिकसँग आह्वान गरेका छन्। सोमबार बिहानआगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालय बन्द गरिएको छ।  नागरिकलाई घरभित्रै बस्न भनिएको छ। 

कमेन्ट लोड गर्नुस