सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

२०८० पुष १, ०७:५५ खबर संवाददाता

बाजुराः  बाजुरामा ट्याक्टर दुर्घटना भएको छ। दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको बडीमालिका नगरपालिका–२ खडीगाडमा दुर्घटना भएको हो। आइतवार साँझ ५ बजेतिर सुदुरपश्चिम प्रदेश ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले लु ४ त ७३०५ नम्बरको ट्याक्टर ओभर टेक गर्ने क्रममा दुर्घटना भएको हो।

सुदुरपश्चिम प्रदेश ०१००२ त ४१०५ नम्बरको ट्याक्टर खोलामा परेर चालकसहित चारजनाको मृत्यु भएको छ। बडीमालिका–२ का ३८ वर्षीय देवराज जैशि, ३३ वर्षीया करिष्मा रोकाया, सोहि पालिका–१ का ३५ वर्षीय चन्द्र धामि र गौमुल गाउँपालिका–६ का ३० वर्षीय चालक हिक्मत रोकायाको मृत्यु भएको छ।

दुबै ट्याक्टरमा ४÷४ जना सवार रहेका थिए। अर्को ट्याक्टरका चालकसहित चारै जना फरार रहेका छन्। घटनास्थलमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले बताए।
 

कमेन्ट लोड गर्नुस