सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ६ लेन सडकमा दुर्घटना

२०८० पुष १, ०२:४५ खबर संवाददाता

धनगढीः कैलालीस्थित धनगढीको ६ लेन सडकमा दुर्घटना भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा दुर्घटना भएको हो।

धनगढीबाट अत्तरिया तिर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२६८ नम्बरको म्याजिकले सुदूरपश्चिम प्रदेश ०१००८ प १६३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ। मोटरसाइकलका चालक र म्याजिकमा सवारहरू घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनाको थप विवरण आएको छैन। प्रहरी घटना स्थलतिर गएको छ।

 

कमेन्ट लोड गर्नुस