सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जनामाथि निर्घात कुटपिट, पाँच जना विरुद्ध किटानी जाहेरी

२०८० मंसिर ३०, ०५:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जनामाथि निर्घात कुटपिट भएको छ। जिल्लाको वेदकोट नगरपालिका–१ आमथलाका हर्क खडायतमाथि निर्घात कुटपिट भएको हो।

मरणाशन्न हुने गरी भएको कुटपिटपछि अचेत अवस्थामा रहेका हर्कको लागि न्याय खोज्दै उनको परिवार शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेको हो। गत कात्तिक २८ गते राति लेनदेनको विषयमा विवाद हुँदा खडायतमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते खडायत अचेत अवस्थामा छन्।

उनलाई घटनाको भोलिपल्ट २९ गते बिहान उपचारका लागि भारतको रुद्रपुर र त्यहाँबाट देहरादुन लगिएको परिवारका सदस्यले बताएका छन्। भारतमा उपचारको क्रममा २० लाख भारतीय रुपैयाँ खर्च भएको तर, उनको अवस्थामा सुधार नआएपछि घर फर्काइएको उनका भाइ प्रेम खडायतले बताए।

प्रहरीले कुटपिटमा संलग्नहरुलाई पक्राउ नगरेको भन्दै अचेत अवस्थाका खडायतलाई प्रहरी कार्यालयमै ल्याएर न्यायको माग समेत गरेका छन्। परिवारले कुटपिटमा संलग्न सोही स्थानका उद्धव बोहरा, लोक बोहरा, द्वर्ण बोहरा, लोक बोहरा र चक्र बोहराको नाममा किटानी जाहेरी समेत दिएका छन्।

पीडितको जाहेरीको आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले बताए। पीडित परिवारको किटानी जाहेरीका आधारमा चार जनाको खोजी भइरहेको छ। किटानी जाहेरीमा परेका चक्र बोहरालाई भने पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस