सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ग्रामीण सडकमा उपमहानगरले धमाधम ग्राभेल गर्दै

२०८० मंसिर २९, ०२:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले ग्रामीण वस्तीका सडकहरुमा धमाधम ग्राभेल गर्न थालेको छ। एक पटक पनि ग्राभेल नभएका ग्रामीण वस्तीका सडकलाई प्राथमिकतामा राखेर उपमहानगरले दैनिक रुपमा काम गर्दै आएको हो।

वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै आवतजावतमा समस्या हुने गरेका सडकमा ग्राभेल गर्ने काम भइरहेको छ। धनगढीमा अहिले पनि सयौँको संख्यामा एक पटक पनि ग्राभेल नभएका सडकहरु छन्। ती सडकहरुलाई उच्च प्राथमिकतामा राखेर ग्राभेल गर्ने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ। धनगढीमा ग्राभेल नभएका सडकको संख्या पाँच सय १७ रहेको तथ्यांक उपमहानगरले यसअघि नै सार्वजनिक छ।

May be an image of 1 person, combine and fog

उपमहानगरपालिकाले गरेको अध्ययनबाट पाँच सय १७ सडकमा एक पटक पनि ग्राभेल भएको छैन्। १९ वटै वडामा एक सय ६३ किलोमिटरभित्र ग्राभेलसमेत नगरिएका सडक फेला गरेका छन्। ती सडक ग्राभेल गर्न मात्र १८ करोड बजेट आवश्यक पर्ने देखिएको छ। धनगढीमा जग्गा कारोबारीले नयाँ बस्ति विकास गर्ने तर पूर्वाधार निर्माणका लागि उपमहानगरपालिकाको मुख ताक्ने प्रवृत्तिले ग्राभेल नभएका सडकको संख्या धेरै देखिएको हो।

हाल उपमहानगरपालिकाले व्यवस्थित बस्ती विकासका लागि ग्राभेल सडक र विद्युत लाइन विस्तार अनिवार्य गरेको छ। उपमहानगरभित्र हालसम्म ग्राभेल नगरिएका सडकको संख्या पाँच सय १७ देखिएको छ। एक सय ६३ किलोमिटर सडकमा अहिलेसम्म ग्राभेलसम्म भएको छैन्।

May be an image of road and fog

धनगढीमा जग्गा कारोबारीले बस्ती विकास गर्ने तर पूर्वाधार निर्माण नगर्ने अवस्थाका कारण पनि यस्तो संख्या धेरै देखिएको हो। अब नयाँ नीतिअनुसार ग्राभेल नभएको बाटो धनगढीमा हुने छैन्। सबै वडाभित्र नयाँ र पुराना सडकमा ग्राभेल गर्न उपमहानगरले काम गर्दै आएको छ।

May be an image of 1 person

धनगढीमा पहिचान भएका सबै सडकको उपमहानगर आफैले ग्राभेल गर्ने भएको छ। यसका लागि काम सुरु भइसकेको छ। उपमहानगर आफैले ग्राभेल गर्ने नीति अनुसार काम सुरु गरिएको हो। वडा नम्बर १९ बाट ग्राभेल गर्ने काम सुरु गरिएको थियो। यसअघि धनगढीमा उपभोक्ता समिति र कोटेशनमार्फत सडक ग्राभेल हुँदै आएको थियो। तर उपमहानगरपालिकाले नीतिगत निर्णय नै गरेर सबै वडाभित्रका सडकमा आफै ग्राभेल गर्ने कामको सुरुवात गरेको छ।

May be an image of grass, fog and road

कमेन्ट लोड गर्नुस