सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रोत नखुलेको सात लाख रकमसहित युवक पक्राउ

२०८० मंसिर २९, ०५:५१ खबर संवाददाता

पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट प्रहरीले स्रोत नखुलेको सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ। रामग्राम–५ परासीबाट प्रहरीले ७ लाख ९ सय नेपाली रुपैयाँसहित पाल्हीनन्दन गाँउपालिका वडा नम्बर-२ हरपुर बस्ने १९ वर्षिय मोहम्मद समिर धुनियालाई पक्राउ गरेको हो।

धुनियाँले चढेको लु ५९ प ३२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनको साथबाट १ हजार दरका ४ सय, ५ सय दरका ६ सय र १ सय दरका ९ थान गरी सात लाख ९ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिए। पाईन्टको भित्रि गोजीमा लुकाएर हिडेको अवस्थामा प्रहरीले उनलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस