सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवमा आज रमेशराज भट्टराई, चक्र बम र झरना बोहोरा आउने

२०८० मंसिर २८, १०:५४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम महोत्सवको सातौं दिन बिहीवार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ।

आज बिहीवार चर्चित गायक रमेशराज भट्टराई, चक्र बम र झरना बोहोरा आउने महोत्सव संयोजक मिलन कुँवरले वताए। कार्यक्रममा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने संयोजक कुँवरले जानकारी दिए।

मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ। यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन्। महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस