सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनी प्रदेशले सरकारी कर्मचारीलाई ’महिनावारी’ बिदा दिने

२०८० मंसिर २७, ०९:५० खबर संवाददाता

लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी बिदा पाउने भएका छन्। प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ’महिनावारी बिदा’को व्यवस्था गरेको हो।

प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो। दर्ता भएको विधेयक दफावार छलफल भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो। प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ। महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनाबारी बिदा पनि थपिएको हो। 

कमेन्ट लोड गर्नुस