सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

२०८० मंसिर २७, ०७:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीेले भन्सार छलीको अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका– ६ बनगाउँबाट भन्सार छलीका अन्दाजी करिव १ लाख ३५ हजार सात सय मुल्य बराबरका अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

प्रवक्ता प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार बरामद गरेका पानी तान्ने हत्ता, पानी नल्का, प्लाष्टिक रसी, औषधी छर्ने मेसीन,  प्लास्टिक, साबुन, चिनी, सलाई लगायतका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ।                              
 

कमेन्ट लोड गर्नुस