सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु

२०८० मंसिर २७, ११:५२ खबर संवाददाता

बैतडीः बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका-६ बागडा स्थित भिरबाट खसेर सोही ठाँउका ४८ वर्षीय दिपेन्द्र साउदको मंगलवार साँझ मृत्यु भएको हो।

बत्थीबाट बाख्रा खरीद गरी ल्याउने क्रममा भिरबाट ६०/७० मिटर तल खसेर साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरी चौकी शिवलिङ्गबाट टोली खटिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस