सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रक्तदान कार्यक्रम सञ्चालन

२०८० मंसिर २६, ०९:१३

धनगढी : कैलालीको धनगढीमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको ठाउँमा रोट्रयाक्ट कल्व अफ धनगढीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

कल्वले महोत्सव सुरु भएको दोस्रो दिन २३ गतेदेखि महोत्सव सञ्चालन अवधिसम्म रक्तदान कार्यक्रम गर्ने कल्वका अध्यक्ष रमेश चन्दले बताए। गरिब, विपन्न वर्गका मानिस तथा रगतको अभावमा कसैको अकालमा ज्यान नजाओस भन्ने उदेश्यले बृहत रक्तदान कार्यक्रम गरेको अध्यक्ष चन्दले बताए। कल्वले पहिलो दिन १७ प्रिन्ट, दोस्रो दिन १२ प्रिन्ट, तेस्रो दिन ६ प्रिन्ट र चौथो दिन १० प्रिन्ट रगत सङ्कलन गरेको आयोजकले बताएको छ।

 

कमेन्ट लोड गर्नुस