सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका मेयर हमाललाई पत्रकार महासंघको ध्यानाकर्षण पत्र

२०८० मंसिर २४, ०३:५९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई पत्रकार महासंघ कैलाली शाखाले ध्यानाकर्षण पत्र बुझाएको छ।

मङ्सिर १९ गते मेयर हमालले आफ्नो आधिकारिक फेसबुक पेजबाट समाचार प्रकाशन प्रसारण भएको विषयमा दिएको अभिव्यक्तिको विषयमा पत्रकार महासंघ कैलाली शाखाले आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो। फेसबुक पेजमा मेयर हमालले समाचार लेख्ने अनलाइन, पत्रपत्रिका र फेसबुकमा लेख्नेलाई निगरानी गर्न भनिएको अभिव्यक्ति प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै महासंघ कैलालीले विरोध जनाउँदै ध्यानाकर्ण पत्र बुझाएको हो।

पत्रकार र मिडिया हाउसका विरुद्ध आम नागरिकलाई भड्काउन मेयरले अभिव्यक्ति दिएको ठहर गर्दै ध्यानाकर्षण पत्र बुझाइएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए। ध्यानाकर्षण पत्रमा मेयर हमालको अभिव्यक्तिका कारण कुनै सञ्चारकर्मी र मिडिया हाउस माथि आक्रमण भएमा, गालीगलौज वा धम्की आएमा त्यसको जवाफ स्वयं हमालले नै लिनुपर्ने उल्लेख छ। मेयर हमालले भने आफूले कुनै पनि मिडियालाई आरोप लगाउन नखोजेको बताएका छन्। उनले भ्रमपूर्ण सामाचार सम्प्रेषण गर्नेहरूबाट सजग हुनुपर्ने भन्दै आफ्ना कुरा फेसबुक पेजबाट सार्वजिनक गरेको  बताएका छन्। 

कमेन्ट लोड गर्नुस