सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद

२०८० मंसिर २४, ११:४८ खबर संवाददाता

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ५६५ ग्राम सुन बरामद गरिएको छ। भन्सार क्षेत्रबाट बाहिरिएसकेपछि प्रहरीको टोलीले सुनसहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको हो।

विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले ज्याकेटको जोगीमा बिस्कुट जस्तो गरी डल्लो बनाइ ल्याइएको अवस्थामा सुनसहित इजिप्ट र सुडानका नागरिक पक्राउ गरिएको बताए।

चन्दका अनुसार उनीहरू शनिवार राती ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका थिए। बिहिवार राती १४ किलो सुनसहित एक जनालाई पक्राउ गरिएको थियो।

 

कमेन्ट लोड गर्नुस