सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्की क्षेत्रमा तीन वर्षमा ११ जनाको हत्या, २३ जनाको हत्याको प्रयास

फाइल फोटो
फाइल फोटो
२०८० मंसिर २४, ११:२६ कमल सावद

धनगढी : कैलालीको लम्की क्षेत्रमा तीन वर्षमा ११ जनाको हत्या भएको छ। जिल्लाको पूर्वी क्षेत्रमा ११ जनाको तीन वर्षमा हत्या गरिएको भन्दै प्रहरीमा मुद्‍दा दर्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय, लम्कीको तथ्याङ्क अनुसार तीन वर्षमा ११ वटा कर्तव्य ज्यानमा उजुरी दर्ता भएका छन्। लम्की प्रहरीमा आर्थिक वर्ष २०७७/०७८ देखि गत आर्थिक वर्षसम्म ११ वटा मुद्‍दा कर्तव्य ज्यानका दर्ता भएका छन्। २०७७/०७८ मा तीन वटा मुद्‍दा मात्र कर्तव्य ज्यानका लम्की प्रहरीमा दर्ता भएकामा गत आर्थिक वर्ष २०७९/०८ मा ६ वटा मुद्‍दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/०७९ मा २ मुद्‍दा कर्तव्य ज्यानका लम्की प्रहरीमा दर्ता भएका थिए।

लम्की क्षेत्रमा तीन आर्थिक वर्षमा २३ जनाको हत्याको प्रयास गरिएको भन्दै प्रहरीमा मुद्‍दा दर्ता भएका छन्। इलाका प्रहरी कार्यालय, लम्कीमा तीन आर्थिक वर्षमा ज्यान मार्ने उद्योगका २३ मुद्‍दा दर्ता भएका छन्। प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि गत आर्थिक वर्षसम्म २३ वटा ज्यान मार्ने उद्योगका मुद्‍दा दर्ता भएका हुन्। आर्थिक वर्ष २०७७/०७८ मा १०, २०७८/७९ मा ७ र गत आर्थिक वर्ष २०७९/०८० मा ६ वटा ज्यान मार्ने उद्योगका मुद्‍दा लम्की प्रहरीमा दर्ता भएका हुन्।

कैलालीको लम्की क्षेत्रमा तीन वर्षमा चार जनाको करेन्ट लागेर मृत्यु भएको छ। तीन वर्षमा लम्की प्रहरीको क्षेत्र भित्र १० जनाको पानीमा डुबेर मृत्यु भएको छ। लम्की प्रहरीको तथ्याङ्क अनुसार भवितव्य ज्यानमा थप नौ जनाको मृत्यु भएको छ। फुटकर ज्यानमा समेत लम्की प्रहरीमा ११ वटा घटना दर्ता भएका छन्।

 

टीकापुरमा चार वर्षमा १२ जनाको हत्या, ३० जनाको हत्याको प्रयास

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस