सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको साईमा एजुकेसन्समा फोहर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

२०८० मंसिर २३, ०५:५८ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको साईमा एजुकेसन्समा घरबाट उत्पादन हुने फोहरको वर्गीकरण र व्यवस्थापन बारे अभिमुखीकरण कक्षा सञ्चालन भएको छ। शनिवार धनगढी उपमहानगरपालिकाको सहयोगमा फोहर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कक्षा सम्पन्न भएको हो।

धनगढी उपमहानगरपालिकाको फोहर व्यवस्थापन परामर्शदाता  कृष्ण  भण्डारीले विद्यार्थीतथा शिक्षकहरूसँग समुदायमा उत्सर्जन हुने फोहोरलाई श्रोतमा वर्गीकरण गर्ने र व्यवस्थापन गर्ने तरिका बताएका थिए।

धनगढी उपमहानगरपालिकाको सफा र सुन्दर धनगढी अभियानमा हातेमालो गर्न विद्यार्थीहरूलाई स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सिकाउने उद्देश्यले कार्यक्रम गरिएको साईमा एजुकेसन्सका सञ्चालक प्रभास भट्टले बताए।
 

कमेन्ट लोड गर्नुस