सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको समैजी माविमा एसईई आइडलको अडिसन सम्पन्न 

२०८० मंसिर २३, ११:३० खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा रहेको समैजी माध्यमिक विद्यालयमा एसईई आइडलको अडिसन सम्पन्न भएको छ।

मझगाउँमा प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले आयोजना गर्ने नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारणको अडिसन सम्पन्न भएको हो। विद्यार्थीहरुमा भएको नृत्य र गायन प्रतिभा प्रस्फुटनका लागि अडिसन आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कुन्ती ओलीले बताइन्।

एसईई आइडल ३ का सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ३० बढी स्थानमा अडिसन आयोजना गरिनेछ। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन्। यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने आयोजकले जनाएको छ।

असोजदेखि फाल्गुण सम्म सुदूरपश्चिमका ९ जिल्ला भरिनै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन्। नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन्।

फाईनलबाट दुवै विधामा १/१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन्। दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ५०/५० हजार र रु. २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउने बताइएको छ, साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्।

थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको जनाएको छ। मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुदूरपश्चिम प्रदेश रहेको छ।
 

कमेन्ट लोड गर्नुस