सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कष्टुमर केयर सर्भिस तालिम सुरु

२०८० मंसिर २३, ०७:३१ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायी तथा कर्मचारीहरुका लागि लक्षित गरि ५ दिने कष्टुमर केयर सर्भिस सम्बन्धि तालिमको शुभारम्भ भएको छ।

यूएनडिपी नेपालको जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएशन अफ टुर एण्ड टाभल एजेन्ट्स (नाट्टा) केन्द्रको सहयोग समन्वय र नाट्टा सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीको होटल सोराई प्रा.लि.मा सुदूरपश्चिमका विभिन्न जिल्ला र कर्णाली प्रदेशका  समेत ३० जना प्रशिक्षार्थीहरुका लागि कार्यक्रमको शुरुवात भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै नाट्टा केन्द्रका सचिव यूविका भण्डारीले पछिल्लो समय पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनिकरण गरि नयाँ–नयाँ प्रबिधि र शीपको प्रयोगबाट व्यवसायको अभिबृद्घि र रोजगारी सृजना गर्न यस्ता तालिम कार्यक्रमहरुले ठूलो मद्दत पुग्ने बताइन्। साथै आगामी दिनमा पनि यहाँका पर्यटन व्यवसायीहरुको आवश्यकता अनुसार थप तालिम आयोजनाका लागि सहजिकरण गर्ने प्रतिबद्घता पनि जाहेर गरिन्।

उद्घाटन कार्यक्रममा बोल्दै नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम बिक्रम सिंहले समग्र सुदूरपश्चिम प्रदेशको विकास र आर्थिक समुन्नतिका लागि पर्यटन महत्वपूर्ण आधार भएको बताउदै सम्पूर्ण टुर तथा ट्राभल, होटल, यातायात व्यवसायी र उद्योगीहरुको सहयोगबाट मात्र यस प्रदेशका पर्यटकीय स्थलहरुको प्रचार प्रसार तथा प्रबर्दन हुने बताए।

कार्यक्रममा फारवेष्टर्न राइडर्स एशोसिएशनका अध्यक्ष भरत बिक्रम शाह, होटल व्यवसायी संघ कैलालीका सचिव प्रकाश जोशी लगायतले यस्ता तालिम कार्यक्रमहरुले व्यवसायलाई मात्र नभएर समग्र समाजमा सकारात्मक प्रभाब पार्ने बताउदै प्रशिक्षार्थीहरुलाई शुभकामना दिएका थिए।

नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम बिक्रम सिंहको अध्यक्षतामा सुरु भएको छ।  विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी निकायमा कन्सलट्यान्ट र पर्यटन तथा हस्पिटालिटी म्यानेजमेन्ट शिक्षणमा लामो समयको अनुभवी प्रशिक्षक पूजा डंगोलको प्रशिक्षणमा पाँच दिन सम्म संचालन हुने तालिमको मंसिर २६ गते समापन हुने छ।

विषेश गरि कोभिड १९ को प्रभाब पछि पर्यटन क्षेत्रमा परेको असरका कारण प्रभावित व्यवसायी तथा आश्रित मजदुरहरुको व्यवसायीक सीप, क्षमता र दक्षता अभिबृद्घि गर्ने उद्देश्यले जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले देशका ७ वटै प्रदेशमा विभिन्न विषयका तालिम कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।

कमेन्ट लोड गर्नुस