सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपिनको रिहाइका लागि इजरायली अधिकारीसँग परराष्ट्रमन्त्रीको संवाद

२०८० मंसिर २२, ०९:५३ खबर संवाददाता

काठमाडौँः परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइबारे इजरायलका बन्दी तथा वेपत्ता व्यक्तिहरुबारे हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका छन्। उनले शुक्रबार दिउँसो हर्चसँग सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको अवस्था सुरक्षा दिन र शीघ्र रिहाइ गराउने प्रयासस्वरुप फोन संवाद गरेका हुन्।

संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको अवस्था इजरायली स्रोतमार्फत् एकिन गरिदिन, सुरक्षा दिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा जोशीलाई प्राथमिकतामा राखिदिन आग्रह गरे।

जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उहाँको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन दिए। यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस