सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु–१९ एसिया कपमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

२०८० मंसिर २२, ०६:०३ खबर संवाददाता

यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। दुबईमा भएको खेलमा नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा जम्मा ३ विकेटको क्षतिमा भेट्टायो।

पाकिस्तानलाई जिताउन अजान आविसले अविजित ५६ र साद बैगले ५० रनको योगदान गरे। नेपालका गुल्सन झाले ओपनर सामी हसनलाई शून्यमा आउट गरे भने अर्का ओपनर साहाजिब खानलाई १५ रन बनाउँदा आउट गरे। तर उनीहरुपछिका दुई ब्याटरले अर्धशतकीय पारी खेलेपछि नेपाल पराजित हुन पुग्यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा १५२ रन बनाउँदा सबै १० विकेट गुमायो। नेपालका ओपनर अर्जुन कुमालले २१ रन बनाए पनि उनीपछिका तीन जना ब्याटरले दोहोरो अंकको रन स्कोर गर्न सकेनन्। त्यसपछि उत्तम मगरले ५१ र दिपेश कँडेलले ३१ रन बनाएपछि नेपालले १५० रनको स्कोर कटाएको थियो। यु–१९ एसिया कपमा नेपालले अब समूह चरणमा भारत र अफगानिस्तानसँग खेल्न बाँकी छ।
 

कमेन्ट लोड गर्नुस