सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक महिलाको शव जंगलमा फेला

२०८० मंसिर २२, १२:५७ खबर संवाददाता

बैतडीः बैतडीमा एक महिलाको शव जंगलमा फेला परेको छ।

जिल्लाको सुर्नया गाउँपालिका–८ की २० बर्षीया कल्पना महराको शव जंगलमा फेला परेको हो। उनी असोज २५ गतेदेखि बेपत्ता थिइन्। घरबाट गोठालो गएकी कल्पनाको शव सुर्नया ८ स्थित कैलपाल सामुदायिक वनभित्रको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

बुधबार कल्पनाको शव फेला परेको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको प्रहरी निरीक्षक केसीले बताए। यसअघि विभिन्न ठाउँमा कल्पनाको खोजी गरिएको थियो। खोजी गर्दै जाँदा घना जंगलको बिचमा स्थानीयहरुले कल्पनाको शव फेला पारेका थिए।

कमेन्ट लोड गर्नुस