सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर बनाइने

। फोटो स्रोत ।
२०७६ वैशाख २१, ०२:३९ खबर संवाददाता

सरकारले आगामी दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर बनाउने भएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएकी हुन्। उनले शिक्षाको सुधारका लागि छुट्टै कोष खडा गरेर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने बताएकि छन्। 
पछिल्लो तथ्यांक अनुसार विद्यालय बाहिर रहेका बालबालिकामध्ये ८१ प्रतिशत विद्यालय भर्ना भएका छन्। देशभरका ४ सय ५७ स्थानीय तहमा न्युनतम एक प्राविधिक विद्यालय स्थापना भएका छन्। 

नीति तथा कार्यक्रमका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान गर्ने विशिष्टीकृत विश्वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याइनेछ। 

अघिल्लो शैक्षिक वर्षमा सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिँदै आगामी दुई वर्ष्भित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरिनेछ।

त्यस्तै अध्ययन अध्यापनमा दूरशिक्षा पद्धति अवलम्बन गर्ने, उद्यमशीलता, मर्यादा र अनुशासनमा आधारित सामाजिक सांस्कृतिक मूल्यको प्रवद्र्धनमा  योगदान गर्ने शैक्षिक प्रणाली विकास गरिने तथा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार विकास गरिने सरकारी योजना छ।
 

कमेन्ट लोड गर्नुस