सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेयर बजारमा दोहोरो अंकले सुधार

२०८० मंसिर २१, ०४:४१ खबर संवाददाता

काठमाडौंः साताको अन्तिम सेयर कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। अघिल्लो दिन (बुधवार) कारोबार सामान्य अंकले बढेको परिसूचक बिहीबार ११ .७३ अंकले बढेर १८५२.७७ विन्दुमा कायम भएको हो।

आज १२ उपसूचकमा हरियाली छाएको छ। बैंकिङ समूहको ०.६१ प्रतिशत,डेभलपमेन्ट समूहको ०.५६ प्रतिशत,फाइनान्स समूहको ०.६९ प्रतिशत,होटल तथा पर्यटन समूहको ०.६५ प्रतिशतले बढेको छ।

यसैगरी हाइड्रोपावरको १.०३ प्रतिशत,इन्भेस्टमेन्टको समूहको ०.८३ प्रतिशत,लाइफ इन्स्योरेन्स  ०.०८ प्रतिशत र नन लाइफ इन्स्योरेन्सको २.११ प्रतिशतले बढ्यो। दोहोरो अंकले बढेको सेयर बजारमा २९९ स्क्रिप्टको ९५ लाख ५ हजार ६०८ कित्ता सेयर २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भयो।
 

कमेन्ट लोड गर्नुस