सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा साढे चार वर्षमा १८६ महिला श्रीमानबाट कुटिए

२०८० मंसिर २१, ०४:२७ खबर संवाददाता

दिपा भण्डारी, अछाम : अछाममा साढे चार वर्षमा १८६ महिला श्रीमानबाट कुटिएका छन्। जिल्ला प्रहरीका कार्यालय, अछामको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्र १६ महिलामाथि श्रीमानले कुटपिट गरेको भन्दै निवेदन दिएका छन्। श्रीमान र श्रीमती बिचमा भएको झगडाका निवेदनहरू अछाम प्रहरीमा सबै भन्दा बढी आउने गरेका छन्।

जिल्ला प्रहरीका कार्यालय, अछामको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २६ महिलाले श्रीमानले कुटेको भन्दै प्रहरीमा निवेदन दिएका थिए। आर्थिक वर्ष २०७७/०७८ मा त्यो सङ्ख्या बढेर ६१ पुगेको छ। आर्थिक वर्ष २०७८/०७९ मा ३६ महिलाले श्रीमानले कुटेको भन्दै प्रहरीमा निवेदन दिएका छन्। आर्थिक वर्ष २०७९/०८० मा ४७ महिलाको श्रीमानका विरुद्धमा निवेदन परेको छ। चालु आर्थिक वर्षको हालसम्म १६ महिलाले श्रीमानले कुटेको भन्दै प्रहरीमा निवेदन दिएका छन्। उनीहरूको बिचमा प्रहरीले सहमति गर्ने गरेको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार अछाममा मादक पदार्थ सेवन गरेर पनि झगडा हुने गरेको छ। जिल्लामा साढे चार वर्षमा मादक पदार्थ सेवन गरेर परिवारमा २८ वटा झगडा भएका छन्। जिल्लामा साढे चार वर्षमा २४ वटा घरायसी झगडा भएका छन्। जिल्लामा सात वटा सामाजिक झगडा समेत भएका छन्।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार साढे चार वर्षमा अछाममा २४१ महिलामाथि हिंसा भएको छ। प्रहरीले आर्थिक वर्ष २०६७÷०७७ देखि हालसम्म २४१ विभिन्न हिंसाका निवेदन प्रहरीमा दर्ता भएको बताएको छ। जिल्ला प्रहरीका अनुसार २१० निवेदनमा मिलापत्र गरिएको छ। बाँकी निवेदनहरू मात्र प्रहरीले सम्बन्धित निकायहरूमा पठाएको छ।

 

कमेन्ट लोड गर्नुस