सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठमेल क्षेत्रबाट २० जना बालबालिकाको उद्धार

। फोटो स्रोत ।
२०७६ वैशाख २१, ०१:५०

नेपाल प्रहरीले काठमाण्डौँको ठमेल क्षेत्रबाट २० बालबालिकाको उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० जना बालबालिकालाई शनिबार विहान तीन बजे उद्धार गरिएको प्रहरीले जनाएको छ। 

अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए। ‘ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन ती बालबालिकालाई नियन्त्रणमा लिईएको उनले बताए। उद्धार गरिएका बालबालिकालाई उनीहरुका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस