दार्चुलामा २ लाखबढीको सुर्तीजन्य पदार्थ नष्ट
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/bidi-sutri.jpg?itok=gFM0qUdh)
दार्चुलाः दार्चुलामा २ लाखबढीको सुर्तीजन्य पदार्थ नष्ट गरिएको छ।
दार्चुला भन्सार कार्यालयले अखाद्य बस्तुु तथा सुर्तीजन्य पदार्थ नष्ट गरेको हो। विभिन्न मितिमा बरामद गरिएका खान अयोग्य मिठाइ (पेठा) र सुर्ती बिडीजन्य वस्तु बुधबार सरोकारवाला पक्षको रहोवरमा नष्ट गरिएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताए।
भारतीय घोडा बिडी ७ सय १२ बण्डल, हाइक्लास ४० प्याकेट, पात भएको सुर्ती १६ किलोग्राम, पानछाप २ प्याकेट, पान मसला ५ प्याकेट, आन्टी ६० प्याकेट, ४२ पेटी पेठा लगायत गरेर २ लाख ३३ हजार बराबरको अखाद्य तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको उनले बताए। दार्चुलामा भारतबाट भन्सार छली ठूलो परिमाणमा बिडी तथा सुर्तिजन्य पदार्थ भित्रिदै आएको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)