सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालीलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना सार्वजनिक

२०८० मंसिर २०, ०५:३१ खबर संवाददाता

काठमाडौंः प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहका १२ जनालाई सार्वजनिक गरेको छ। प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका उनीहरुलाई बुधवार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन्। प्रहरीका अनुसार उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा र रकमसमेत बरामद गरिएको छ।
 

कमेन्ट लोड गर्नुस