सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जथाभावी फोहोर फाल्ने एक जनालाई कारबाही

२०८० मंसिर २०, १२:०१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा जथाभावी रुपमा फोहोर फाल्ने एक जनालाई उपमहानगरपालिकाले कारबाही गरेको छ।

यात्रुका लागि सडकमा राखिएका डस्टबिनमा कुहिने र नकुहिने फोहर  फाल्नुपर्नेमा जथाभावी फालेको भन्दै एक जनालाई  उपमहानगरले कारबाही गरेको हो।

उपमहानगरपालिकाको सरसफाइ शाखाले जथाभावी फोहोर फाल्ने एक जनालाई एक हजार रुपैयाँ जरिवाना गराएर सम्झाइबुजाइ समेत गरेको जनाएको छ। जथाभावी फोहोर फाल्ने व्यक्तिको नाम भने खुलाइएको छैन।

May be an image of ticket stub and text that says 'ซูด1224 र.नं. 1224 म.ले.प.फा.नं. ११ धनगढी उप- महानगरपालिका नं. वडा कार्यालय धनगढी, कैलाली 2070/71 सुदूरपशिचिम प्रदेश, नेपाल मिति .............. नगदी रमिद वापत संकेत नं. रुपैया 10005 H Fιo cTya 91 पैसा जम्मा जक्षरेपी बुभाउनेको सही Grm बुभिलिनेको सही'

कमेन्ट लोड गर्नुस