अत्तरियाबाट उद्दार गरिएका दुई बालकलाई आफन्तको जिम्मा

धनगढीः कैलालीको अत्तरियाबाट उद्दार गरिएका दुई बालकलाई आफन्तको जिम्मा लगाईएको छ। अत्तरिया बसपार्कमा अलपत्र अवस्थामा भेटिएका बर्दीयाको राजापुर नगरपालिका वडा नम्बर-५ का ६ वर्षीय आयुष थारु र ४ वर्षीय आरयास थारुलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसले मंगलवार आफन्तको जिम्मा लगाएको हो।
शनिवार राति अत्तरिया बसपार्कमा अलपत्र अवस्थामा फेला पारि उद्दार गरेर दुवै बालकलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा इलाका प्रहरी कार्यालय मालाखेतीले पुर्याएको डिएसपी गणेश बरालले बताए।
राजापुर नगरपालिका वडा नम्बर-५ का कार्यबाहक अध्यक्ष सरिता परियार, नगरपालिकाकी महिला विकास निरीक्षक रिता थारु र बालककी हजुरआमा बाधी थरुनी नगरपालिकाकै गाडिमा आएर महिला तथा बालबालिका सेभ हाउसबाट बालकहरुलाई लिएर गएका हुन्। घरबाट बिहेमा जान्छु भनेर निस्कीएकी बालकहरुकी आमाले नै अत्तरिया बसपार्क सम्म ल्याएर छोडेको हुन सक्ने आशंका गरिएको छ।
