सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन गर्ने

२०८० मंसिर १८, ०९:५५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन गरिने भएको छ । यसअघि नगरभरिबाट मदिराजन्य पदार्थको होडिङ बोर्ड हटाएको उपमहानगरले अब कार्ययोजना बनाएर सुर्तीजन्य र मदिराजन्य पदार्थको बिक्रीलाई नियमन गर्न लागेको हो।

मदिरा र सुर्तीको व्यापार र राजस्वभन्दा मानिसको स्वास्थ्य बचाउन बढी लगानी गर्नुपरेकाले संसारबाटै मदिरा र सुर्तीको व्यापारलाई निरुत्साहित गर्नुपर्ने दिगो विकास लक्ष्य छ। धनगढीमा आयोजित कार्यक्रममा धनगढीका नगरप्रमुख गोपाल हमालले भने ‘अब विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले मदिरा, सुर्तीजन्य पदार्थसँगै लागूऔषध नियन्त्रणको कार्ययोजना ल्याउनुपर्छ, यो देशको केन्द्रीय नीति हुनुपर्छ।’

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले मदिराको बिक्री वितरण खाद्यान्नजस्तो हुनु हुँदैन भन्ने मान्यता रहेकाले यसको प्रवर्धन रोक्नु पर्ने बताइन्। उनले मदिरा बन्द गर्न नसकिने भए पनि बिक्री समय, स्थान, उपभोक्ता र करका दर बढाउन नियन्त्रणमा लिनुपर्ने र मदिरा सुर्तीजन्य पदार्थका कारण आएका नसर्ने रोगहरू र मानसिक स्वास्थ्य समस्या घटाउनुपर्ने सुझाव दिइन्।
 

कमेन्ट लोड गर्नुस