धनगढी वडा नम्बर १५ को एक घरमा आगलागी
२०८० मंसिर १८, ०९:३६
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर-१५ मा रहेको एक घरमा आगलागी भएको छ। वडा नम्बर १५ मा रहेको आमबगैँचा बस्ने ३९ वर्षीया लक्ष्मी सेट्टीको घरका आइतवार आगलागी भएको हो।
घरमा कोही नभएको बेला दुई कोठे जस्ताले छाएको घरमा आगलागी हुँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीको कारण भने अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस