सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिया एजुकेसन, काठमाण्डौं र  साइनो एजुकेसन (धनगढी) संग संगै ! 

२०८० मंसिर १७, ०९:३६ खबर संवाददाता

धनगढीः काठमाडौको प्रतिष्ठित कोरियन भाषा इन्स्टिच्युट दिया एजुकेसनसंग धनगढीको साइनो एजुकेसनले प्राविधिक सहयोग र मेटिरियलसको लागी आज एक सम्झौता गरेको छ।

दिया एजुकेसनको तर्फबाट मुख्य प्रशिक्षक एबम् लेखक विवेक भट्ट र साइनो एजुकेशनको तर्फबाट निर्देशक पदमराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। काठमाडौंमा कोरियन भाषाको लागि फरक पहिचान बनाउन सफल दिया एजुकेशनका मुख्य प्रशिक्षक एबम् लेखक विवेक भट्टले सुदूरपश्चिममा साइनो एजुकेशनले भाषा क्षेत्रमा गरिरहेको प्रयासमा हातमा हात मिलाउन खोजेको प्रतिक्रिया दिए।

सम्झौता अनुसार धनगढीको साइनो एजुकेशनको रेफ्रेन्स लिएर आउने विद्यार्थीलाई दियाले बिशेश छुट दिइने छ। त्यसैगरी धनगढीको साइनो एजुकेशनमा भर्ना भएर वा आधा पढेर काठमाण्डौंको दियामा जान चाहेमा सोही शुल्कमा भाषा सिक्न सकिने सम्झौता पत्रमा उल्लेख गरिएको छ।
 

कमेन्ट लोड गर्नुस