सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

२०८० मंसिर १७, ०६:३८ खबर संवाददाता

दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–४ रातामाटा स्थित देवलपाती भिरबाट लडेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

रातामाटास्थित देवपाती भिरमा घासकाट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए।

घटनास्थलमै मृत्यु भएकी महिला ६० मिटर तल खसेकी थिइन्। आइतबार दिउसो साढे ३ बजेतिर घटना भएको हो।

कमेन्ट लोड गर्नुस