सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ससुरालीमा बस्दै आएका व्यक्ति भरुवा बन्दुकसहित पक्राउ

२०८० मंसिर १७, ०२:२७ खबर संवाददाता

धनगढीः धनगढीः कैलालीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका–६ का ३७ वर्षीय वीरबहादुर धामी छन्। उनी कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा ससुरालीमा बस्दै आएका थिए।

उनी १२/१३ वर्षदेखि लक्ष्मीदेवी धामीको घरमा घर ज्वाइँ भएर बस्दै आएका थिए। शनिबार साँझ एकथान भरुवा बन्दुकसहित सल्लेरीबाट वीरबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।

धामीले भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस