सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक वृद्धको उद्धार

२०८० मंसिर १७, ०९:४२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट एक वृद्धको उद्धार गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ भानुचोकबाट ६५ वर्षीय वृद्धको नगर प्रहरीले उद्धार गरेको हो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार उनको नगर प्रहरीले उद्धार गरेर मानव सेवा आश्रम धनगढीको जिम्मा लगाएको छ। शनिवार राति साढे १२ बजेको समयमा उद्धार गरिएका वृद्धको परिचय खुलेको छैन।

 

कमेन्ट लोड गर्नुस