सुदूर नेपाललाई विश्वसँग जोड्दै

द्रुतमार्गको धनगढीमा कालोपत्रको काम सुरु

२०८० मंसिर १७, ०६:०५ कमल सावद

धनगढी : धनगढीको हसनपुरदेखि स्याउले–हाटखोलीसम्मको १३ दशमलव चार किलोमिटर र डोटीमा ९ दशमलव चार किलोमिटर सडक कालोपत्र गर्न २०७८ वैशाखमा सम्झौता भयो। डोटी खण्डको कालोपत्रको काम सकिएका बेला धनगढीमा समेत कालोपत्रको काम थालिएको हो।

धनगढी–दीपायल द्रुतमार्गको पिपलचौतरा–स्याउले सडक कालोपत्रको काम थालिएको छ। तीन किलोमिटर सडक कालोपत्रको गर्न पहिलो चरण धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोला बताए। उनले भने, ‘तीन दिन पहिलाबाट सुरु भएको छ। तीन किलोमिटरमा पहिलो कोर्ड हालिएको छ।’

धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गको कैलाली खण्डको कालोपत्रको काम सुरु भएको हो। धनगढीको हसनपुरदेखि स्याउले–हाटखोलीसम्म सडक कालोपत्रको काम थालिएको हो। कैलालीको चुरेफेदीको हाटखोली क्षेत्रमासमेत असारसम्म सडक कालोपत्र गर्ने लक्ष्य रहेको छ। हाटखोली क्षेत्रमा सात किलोमिटरको बेस निर्माणको काम जारी छ। असारसम्म समय सीमा रहेको उक्त क्षेत्रमा पनि निर्माण कम्पनीले काम थालेको छ। उनले भने, ‘हाटखोली क्षेत्रमा काम हुँदैछ। बेस निर्माणको काम हुँदैछ। तीन किलोमिटर ग्राभेलको काम पूरा भएको छ। फागुन–चैत तिर कालोपत्र हुन्छ।’

धनगढी–स्याउ–हाटखोली सडक खण्डको २०७८ वैशाखमा सम्झौता गरिएकोमा मंसिर २० गतेसम्म समय बाँकी छ। धनगढी–दीपायल द्रुतमार्गको कैलालीमा १३ दशमलव चार र डोटीमा ९ दशमलव चार किलोमिटर गरेर २३ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको थियो। कैलालीमा थप ७ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि दोस्रो चरणमा ठेक्का भएको थियो। दोस्रो चरणमा गरिएको ठेक्कामा डोटी क्षेत्रको अझै एक वर्ष बाँकी छ। उक्त क्षेत्रमा सडकका अन्य संरचना निर्माणको काम जारी धनगढी–दीपायल द्रुतमागै योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले बताए। उनले भने, ‘डोटीमो पुरानो ठेक्काको काम सकिएको छ। १५ किलोमिटरमा कालोपत्रको काम सुरु भएको छैन।’

धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभी र दीपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले काम गर्दैछ। विसं २०६४ मा खुटिया–दीपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ट्याक खोल्न थालिएको थियो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस