सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियालाई हराउँदै भारतले एक खेल अगावै जित्यो उपाधि

२०८० मंसिर १६, ०६:१३ खबर संवाददाता

काठमाडौं: अष्ट्रेलियाविरुद्धको  टी–ट्वेन्टी आई सिरिज घरेलु टोली भारतले एक खेल अगावै जितेको छ। 

 भारतले चौथो टी–ट्वेन्टी आईमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै उपाधि जितेको हो। पाँच खेलको सिरिजमा भारत ३(१ ले विजयी भयो। गएराति जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। अष्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा नट आउट रहे।

ओपनर ट्रविस हेडले ३१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। हेड बाहेक अन्य कुनैपनि ब्याटरले आक्रामक ब्याटिङ गर्न सकेनन्। जोश फिलिप ८, बेन म्याकमरमोट र टिम डेविड १९९१९ रनमा आउट भए। म्याथ्यस सर्ट  १८ रनमा आउट भए। भारतका स्पिनर अक्षर पटेलले ३ विकेट लिए भने दीपक चाहरले २ विकेट तथा रवि विश्रोई र आवेश खानले १–१ विकेट लिए।

त्यसअघि छत्तिसगढको रायपुर मैदानमा  टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। भारतको जितमा रिंकु सिंहले  सर्वाधिक ४६ रन बनाए। जितेश शर्मा ३५ रनमा आउट भए। भारतलाई ओपनर यशस्वी जैसवाल र ऋतुराज गायकवाडले ६ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। जैसवाल  ३७ रनमा आउट भए। ऋतुराजले ३२ रन बनाए। श्रेयस ऐयर ८, कप्तान सूर्यकुमार यादव १, अक्षर पटेल शून्य र दीपक चाहर दुबै शून्यमा आउट भए।

अष्ट्रेलियाका तीव्र गतिका बलर बेन ड्वाशिुसले  ३ विकेट लिए। जेसन बेहरनडोर्फ र तनवीर संघाले २/२ विकेट लिए। भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो। अष्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो। पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ।

कमेन्ट लोड गर्नुस