सुदूर नेपाललाई विश्वसँग जोड्दै

युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० जना भन्दा बढीको मृत्यु

२०८० मंसिर १५, ०९:४८ खबर संवाददाता

एजेन्सीः इजरायल र हमासबीचको युद्धविराम समाप्त भएपछि पुनः आक्रमण सुरु भएको छ। इजरायलले गरेको हवाई आक्रमणमा शुक्रबार ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

गाजापट्टीमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ६० जनाको मृत्यु भएको र थुप्रै घाइते भएका छन्। यसअघि, कतार, इजिप्ट, संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको संलग्नतामा भएको सम्झौताअनुसार दुवै पक्षबीच सात दिनका लागि युद्ध रोकिएको थियो।

अक्टोबर ७ मा हमासले गरेको आक्रमण इजरायलमा १२०० मानिसको मृत्यु भएको थियो। त्यसपछि इजरायलले गाजामा आक्रमण थालेको थियो। हालसम्म गाजामा १५ हजारभन्दा बढीको ज्यान गइसकेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस