धनगढीको मानव सेवा आश्रमलाई १४ थान पलङ्ग सहयोग

२०८० मंसिर १४, ०८:५८
धनगढीः कैलालीको धनगढीमा रहेको मानव सेवा आश्रमलाई १४ थान पलङ्ग सहयोग गरिएको छ। सुदूरपश्चिम समाज दक्षिण कोरियाले एक लाख १५ हजा मूल्यका १४ थान पलङ्ग सहयोग गरेको हो।
मानव सेवा आश्रमका आश्रीतहरूका लागि पलङ्ग सहयोग गरिएको बताइएको छ। मानव सेवा आश्रम सुदूरपश्चिमका संयोजक आदर्श ढकालका अनुसार समाजका पूर्व अध्यक्ष सन्तोष सर्वणकार र पूर्व वरिष्ठ उपाध्यक्ष डिआर पनेरुले पलङ्ग हस्तान्तरण गरेका हुन्। सुदूरपश्चिम समाज दक्षिण कोरियाले पहिला पनि सहयोग गरेको आश्रमले बताएको छ।




कमेन्ट लोड गर्नुस