सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा इन्जिनियरमाथि कुटपिट प्रकरणः ठेकेदारले दिए अख्तियारमा उजुरी

२०८० मंसिर १४, ११:५४ खबर संवाददाता

धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थीमाथि कुटपिट गर्ने निर्माण व्यवसायी अख्तियार पुगेका छन्। इन्जिनियर अवस्थीले आफूसहित अन्य निर्माण व्यवसायी र उपभोक्तासँग कमिसन मागेको भन्दै कन्दकला कन्स्ट्रक्सन एन्ड प्रालिका सञ्चालक भीमसेन राना अख्तियार गएका हुन्।

रानाले बुधबार इन्जिनियर अवस्थीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन्। सोमबार ठेकेदार रानाको समूहले योजनामा कमिसन मागेको भन्दै अवस्थीलाई कुटपिट गरेका थिए। अवस्थीले मंगलबार रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि ठेकेदार अख्तियार गएका हुन्।

निर्माण व्यवसायी र उपभोक्ताबाट घुस लिने गरेको गम्भीर आरोप लगाउँदै लालझाडीका केही स्थानीयले बुधबार गाउँपालिका कार्यालय पुगेर नाराबाजी गरेका थिए। सोमबार इन्जिनियर अवस्थीमाथि निर्माण व्यवसायी भीमबहादुर रानाको समूहले कुटपिट गरेको थियो। मंगलबार इन्जिनियर अवस्थीले ठेकेदार रानासहित चारजनाविरुद्ध प्रहरीमा उजुरी दिएपछि बुधबार स्थानीयले उनीविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

सोमबार इन्जिनियरमाथि भएको हातपातको घटना पनि घुस मागेकै कारण उत्पन्न भएको केहि स्थानीयको जिकिर छ। घुस माग्दा नदिएपछि इन्जिनियरले सताएका र ठेकेदार भीम राना समूहले सामान्य धकेलाधकेल मात्रै गरेको विषयमा निर्दोषलाई फसाउन खोजिएकाले आन्दोलन गर्नुपरेको स्थानीयको भनाइ छ।

ठेकेदार भीमबहादुर रानाले इन्जिनियर रामप्रसाद अवस्थीले हरेक योजनामा उपभोक्ता र निर्माण व्यवसायीबाट पैसा माग्ने र नदिनेको काम नगर्ने गरेकाले आन्दोलन गरेको दाबी गरे। तर, इन्जिनियर अवस्थीले पनि आफूले कुनै पनि निर्माण व्यवसायी र उपभोक्ताबाट घुस नलिएको बताउँदै आरोप अस्वीकार गरेका छन्। ठेकेदारले नै उक्साएर पठाएका व्यक्तिहरूले आफ्नो बदनाम गर्न दुष्प्रचार गरिरहेको उनको जिकिर छ।
ठेकेदारले दिए अख्तियारमा उजुरी
इन्जिनियर अवस्थीमाथि कुटपिट गर्ने निर्माण व्यवसायीले अख्तियारमा उजुरी दिएका छन्। इन्जिनियर अवस्थीले आफूसहित अन्य निर्माण व्यवसायी र उपभोक्तासँग कमिसन मागेको कन्दकला कन्स्ट्रक्सन एन्ड प्रालिका सञ्चालक भीमसेन रानाले अख्तियारमा उजुरी दिएका हुन्। रानाले बुधबार इन्जिनियर अवस्थीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन्।

अवस्थीले मंगलबार रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि ठेकेदार अख्तियार गएका हुन्। ठेकेदार रानाले अख्तियारमा दिएको उजुरीमा इन्जिनियरले पालिकामा विभिन्न योजनाबाट कमिसन खाएर गुणस्तरहीन योजना पास गरेको आरोप लगाएका छन्।

खर्रा नालामा दुई लाख कमिसन खाएको, कमिसनकै कारण निर्माणाधीन १० बेडको अस्पताल अलपत्र पारेको, आर्थिक वर्ष २०७९/८० मा इन्जिनियरले निकटलाई १५/१६ योजना कोटेसनमा दिएर गुणस्तरहीन बनाएको, माटो हाल्नुपर्ने योजनामा बालुवा हालेर कमिसन लिएको, भानु मावि भवनमा सञ्चालित कापी उद्योगमा कमिसन लिएर पुरानो मेसिन स्वीकृत गरेको तथा आफ्नो ठेक्कामा समेत दुई लाख मागेको रानाको आरोप छ।

कमेन्ट लोड गर्नुस