सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको एम्बुलेन्स दुर्घटना

२०८० मंसिर १४, ०९:३४ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ।

बिहीवार बिहान ४ बजे सदूरपश्चिम प्रदेश ०१००१० प २५७२ नम्बरको मोटरसाइकल र बा १ झ ८७९९ नम्बरको सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स एक आपसमा ठोकिदा दुर्घटना भएको हो।

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक मोहन्याल  गाउँपालिका वडा नम्बर-१ बसन्तगडाका २५ वर्षीय गणेश घर्तिमगर घाईते भएको ट्रफिक प्रहरी अत्तरियाले जनाएको छ। अस्पतालको एम्बुलेन्स बिरामी बोकेर नेपालगन्ज जाँदै गर्दा बर्दगोरिया गाउँपालिका वडा नम्बर-२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाईते मगरको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बौनियाका बरिस्ठ सई राजु शाहले बताए। एम्बुलेन्स र एम्बुलेन्स चालक गोविन्द प्रसाद दहाल बौनिया प्रहरीको नियन्त्रणमा रहेका छन्।      

कमेन्ट लोड गर्नुस